
काठमाडौं । गुल्मीको इस्मामा आगोले जलेर एक वृद्धाको ज्यान गएको छ ।
इस्मा गाउँपालिका– १ हस्तिचौरकी ८४ वर्षीया पवित्रा खत्रीको आगोमा जलेर ज्यान गएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
खत्री शनिबार आफ्नै घरमा आगो बालेर खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी थिइन् । प्रमुख जिल्ला अधिकारी पाठकका अनुसार खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा ज्यान गएको हो ।