• २०८३ असार २०
  • 2026 July 04, Saturday

पोखरीमा डुबेर बालकको मृत्यु

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर-५ पस्रयाङमा स्थित खुडेपोखरीमा डुबेर बालकको मृत्यु भएको छ । घर नजिकै रहेको पोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको मृत्यु भएको हो ।

सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। खेल्ने क्रममा घर अगाडी रहेको पोखरीमा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मंगलबार बिहानै घर नजिकैको पोखरीमा खोजी कार्य गर्दा डुबेको अवस्थामा मृत भेटिएका हुन् । बालकका परिवार घर पर्वत भए पनि धारापानीमा बस्दै आएका थिए ।