त्रिभुवन विश्वविद्यालयमा भोलि विदा

काठमाडौं । त्रिवि सेवा आयोगका पूर्व अध्यक्षको निधनको शोकमा शुक्रबार विदा हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनमा शुक्रबार शोक विदा दिने निर्णय गरेको छ ।

उप्रेतीको फागुन ८ गते निधन भएको थियो ।

शाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु यथावत रहने गरी त्रिवि केन्द्रिय कार्यालय लगायत त्रिविका सबै आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द हुने जानकारी दिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१