• २०८३ असार २०
  • 2026 July 04, Saturday

हात्तीको आक्रमणबाट मकवानपुरमा एकको मृत्यु

  • २०७९ फागुन १२, शुक्रबार ०६:३३

काठमाडौं । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राको खोरतर्फ जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो।

गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिए।

  • २०७९ फागुन १२, शुक्रबार ०६:३३