• २०८३ जेठ २५
  • 2026 June 08, Monday

मलाई मेयर पदबाट राजीनामा दिन लगाउँदै छन् : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले आफूलाई मेयर पदबाट राजीनामा दिन आग्रह गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत मेय पदबाट राजीनामा दिन लगाएको उल्लेख गरेका छन् । तर कसले भन्ने परिचय खुलाएका छैनन ।

मेयर पदबाट राजीनामा दिन लगाएको भन्दै यो देश कहिल्यै नबन्ने फेसबुकमा लेखेका छन् । उनले लेखेका छन् ‘मेयर पदबाट मलाई राजीनामा दिन लगाउँदैछन् । यो देश कहिल्यै पनि बन्दैन ।’