शताब्दी पुरुषलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’

काठमाडाैं । वाङ्‍‍मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गरिने भएकाे छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली भाषासाहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा समर्पित नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको अभिवृद्धिका लागि पुर्‍याएकाे योगदानको कदर गरी उनलाई मरणोपरान्त विभूषित गर्न लागिएकाे हाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१