• २०८३ असार २०
  • 2026 July 04, Saturday

हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई एकएक लाख आर्थिक सहयोग गर्ने

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई बागमती प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

प्रदेश सरकारको आज मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गएको साता हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरका २ जना र सिन्धुलीका १ जनाका परिवारलाई प्रतिपरिवार एक/एक लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका परिवारलाई क्षतीपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

गएको साता जंगली हात्तीको आक्रमणबाट मकवानपुर मनहरी–४ की ६४ वर्षीया राधा अधिकारी, बकैया–५ का सन्तलाल माझी र सिन्धुली कमलामाई नगरपालिका–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको मृत्यु भएको थियो ।