पीएनजीसँग यूएई १ सय ३१ रनले पराजित

काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई हराएकाे छ ।

पीएनजीले घरेलु टाेली यूएईलाई १ सय ३१ रनले हरायाे ।

पीएनजीले दिएकाे २ सय ६३ रनकाे लक्ष्य पछ्याएकाे यूएई ३४ ओभर २ बलमा १ सय ३१ रन बनाउँदा अलआउट भयाे । यूएईका लागि मुहम्मद वसीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ पीएनजीका चाद साेपरले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे पीएनजी ४९ ओभर १ बलमा २ सय ६२ रन बनाउँदा अलआउट भयाे । पीएनजीका लागि सेसे बाउले ७४ र टाेनी उराले ५१ रन बनाए । बलिङतर्फ यूएईका कार्तिक मय्प्पनले ४ र आर्यन लाक्राले ३ विकेट लिए ।

शृङ्खलामा पीएनजी, यूएई र नेपाल सहभागी छन् । याे जितसँगै पीएनजी ३० खेलमा ७ अङ्कसहित तालिककाे पुछारमा छ । यूएई २९ खेलमा २९ अङ्कसहित पाँचाैँ स्थानमा छ । नेपाल २९ खेलमा २८ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ ।

शृङ्खलामा बिहीवार नेपाल र यूएईबीच खेल हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१