जीएसपी नेपाल साझेदार सम्मेलन र नेटवर्किङ इभेन्ट्स सम्पन्न

काठमाडाैं । जीएसपी नेपाल साझेदार सम्मेलन र नेटवर्किङ इभेन्ट्स २०२३ गएकाे सोमबार होटल हिमालय, ललितपुरमा आयोजना गरियो ।

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क, एलिसन एन्डरसन क्षेत्रीय प्रबन्धक (दक्षिण एशिया, स्कटल्याण्डको वेस्ट विश्वविद्यालय, यूके, म्याक्सिम राइमन, परीक्षा निर्देशक (ब्रिटिश काउन्सिल, काठमाडौं, नेपालका महाप्रबन्धक) कृष्णकुमार पाई, रिकु्रटमेन्ट प्रतिनिधि (दक्षिण एशिया, कन्फेडेरेसन कलेज, क्यानडा) अली बट (जीएसपी कर्पोरेट हेड अफिसका चीफ ग्रोथ अफिसर) लगायत ग्लोवल स्टडि पार्ट्नर्सका एजेन्टहरु र शुभेछुकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो सत्र उद्घाटन सत्र थियो, जहाँ नेपालका कन्ट्रि डारेक्टर अनिल श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको शुरुवातमा ग्लोबल स्टडि पार्टनर र विश्वविद्यालय नेटवर्कहरूको गतिविधिहरूको बारेमा भिडियो क्लिप प्रदर्शन गरिएको थियो ।

जीएसपी कर्पोरेट हेड अफिसका चीफ ग्रोथ अफिसर मोहम्द अली बटद्वारा जीएसपी विकास र बढ्दो नेटवर्कहरू बारे आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले जीएसपी को कामको प्रशंसा गर्दै जीएसपी नेपाल साझेदार सम्मेलन र नेटवर्किङ इभेन्ट्स २०२३ को सफलताको लागि कृतज्ञता प्रकट गरे ।

दोस्रो सत्र प्यानल छलफल थियाे । जहाँ प्यानलिष्टहरू एलिसन एन्डरसन क्षेत्रीय प्रबन्धक (दक्षिण एशिया, स्कटल्याण्डको वेस्ट विश्वविद्यालय, यूके, म्याक्सिम राइमन, परीक्षा निर्देशक (ब्रिटिश काउन्सिल, काठमाडौं, नेपालका महाप्रबन्धक) कृष्णकुमार पाई ( रिकु्रटमेन्ट प्रतिनिधि (दक्षिण एशिया, कन्फेडेरेसन कलेज, क्यानडा) अली बट (जीएसपी कर्पोरेट हेड अफिसका चीफ ग्रोथ अफिसर) गौरव कपूर (जिएसपी क्षेत्रीय निर्देशक- भारत र अनशोर सव कन्टिनेन्ट) नेपालका कन्ट्रि डारेक्टर अनिल श्रेष्ठ रहेका थिए ।

जीएसपी टोलीले राजदुत फेलिसिटी भोकलाई टोकन अफ लभ समेत प्रदान गरेकाे थियो । कार्यक्रमको अन्तमा जीएसपी टोलीले संस्थाका साझेदारहरू तथा रिकु्रटमेन्ट पार्ट्नरहरुलाई मान्यता तथा प्रमाणपत्र वितरण गरिएको थियो।

जीएसपी नेपालका सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजर अशोक शाहीले आगामी दिनमा पनि साझेदारहरुबाट यस्तै सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१