विश्वकप क्रिकेट लिग–२ : नेपालले पायाे तेस्राे सफलता

काठमाडाैं । यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले तेस्राे सफलता हात पारेको छ ।

विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । नेपालका लागि कुशल मल्लले तेस्राे विकेट लिएका हुन् ।

यसअघि युएईका वृत्य अर्विन्दलाई दाेस्राे विकेटका रुपमा सन्दीप लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका थिए ।

पहिलो ओभरकाे पाँचाै बलमा नै करण केसीले पहिलाे सफलता दिलाएका थिए ।

केसीले मोहम्मद वासिमलाई शून्य रनमा बोल्ड गरे । पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१