
काठमाडाैं । गीतकार नारायण कँडेलले ‘नाट्यश्वर संगीत वर्ष सम्मान’ पाएका छन् ।
नेपाली गीतसंगीत र साहित्य क्षेत्रमा पुर्याएकाे योगदानको कदरस्वरुप नाट्यश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्टले आयाेजना गरेकाे नाट्यश्वर म्युजिक अवार्डको तेश्रो संस्करणको अवसरमा ‘वर्ष संगीत सम्मान २०७८/७९’ ले कँडेललाई सम्मान गरिएकाे हाे ।
कँडेलकाे पानी र झुल्के घाम, गाँउमा कुरा चल्छ, मनमा पीडा छ होला, यस्तै छ कहानी परदेशीको का ४ भाग, राष्ट्रियगीत तथा आधुनिक गरी ६ वटा गीत समावेश गरिएको सलामी नामक एल्बम, ती नै दिन रमाइला, हाँसी-हाँसी, आफ्नोपन, गल्तीलगायत पञ्चेबाजा, टेली चलचित्र, भजन गरी लगभग ५ दर्जन गीत बजारमा छन् ।
उनको भर्खरै मात्र बजारमा आएका चिसो सिरानी र पीडा छ साथी पिडा पनि चर्चामा छ ।
बाग्लुङ जिल्लाकाे काठेखोला-५, बिहुँ करलिममा जम्मिएर जापानमा बस्दै आएका कँडेल गीत लेखन क्षेत्रका चम्किलाे कलम हुन् । कँडेलका शब्दहरुमा राष्ट्रियता, परदेशीहरुका वास्तविक जीवनी, माया-प्रेम को गहिराइ झल्किन्छ । सस्ताे लाेकप्रियता भन्दा पनि गुणस्तरीय काम गर्दै आएका कँडेलकाे हरेक गीतहरु दर्शक–स्राेताकाे राेजाइमा पर्ने गरेका छन् ।