• २०८३ जेठ २२
  • 2026 June 05, Friday

पपुवा न्युगिनीले टस जितेर ब्याटिङ गर्दै, गुलशनको स्थानमा भिम खेल्ने

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले टस हारेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुने खेल अघि पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा नेपालले आज भिम सार्कीलाई मौका दिएको छ । युएईविरुद्ध कमजोर ब्याटिङपछि नेपालले भीम सार्कीलाई मौका दिएको हो । गुलशनले युएईविरुद्ध २ ओभरमा १५ रन खर्चेका थिए ।

नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ ।

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख ।