काठमाडौं । स्ववियू निर्वाचनको प्रक्रिया आजदेखि सुरू हुँदैछ ।
आगामी चैत ५ गते हुन लागेको निर्वाचनमा भाग लिन आज ३ बजेसम्म दर्ता समय छुट्याइएको छ । विद्यार्थी संगठनले ३ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ ।
निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।
चुनावी कार्यतालिका :-
फागुन २१ गते मतदाता नामावली सूची प्रकाशन
फागुन २५ गते मतदाता सूचीमा दाबी विरोध
फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण
फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता
फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबीविरोध
फागुन २८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन
फागुन २९ गतेदेखि स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द
फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउँने