• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नारी दिवसका अवसरमा नर्भिक हस्पिटलले छुटैछुट दिने

काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्किम सार्वजनिक गरेको छ।निजी क्षेत्रबाट अन्तराष्ट्रिय स्तरको गुणस्तरीय उपचार सेवा दिँदै आएको नर्भिक हस्पिटलले आगामी फागुन २४ गते पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो।

नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरुमा नर्भिकले ६ मार्चदेखि १३ मार्चसम्म, एक साता का लागि १५ प्रतिशत छुट दिनेछ। सो अवधिमा महिलाहरूको स्तनको जाँचका लागि गरिने विशेष एक्सरे,म्यामोग्राफी गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ।

यस्तै, नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने गरी अर्को स्किम समेत सार्वजनिक गरिएको छ। यो स्किम पनि मार्च ६ देखि १३ सम्म नै रहनेछ।

यी सबैखालका स्किमहरुमा उपलब्ध छुटको सेवा ७ दिन ६ मार्चदेखि १३ मार्चसम्म मात्र रहने अस्पतालले जनाएको छ।