काठमाडौं । पानीमा उल्लेखनीय पौष्टिक तत्व नपाइने भए पनि यो हाम्रो शरीरका लागी आवश्यक पर्ने महत्वपूर्ण पदार्थ हो । पानीविना मानिस दुई तीन दिनभन्दा बढी बाँच्न सक्दैँन । मानिसले दैनिक न्युनतम २ देखी ५ लिटर पानी पीउनुपर्ने विज्ञहरुको सुझाव छ । स्वस्थ शरीरलाई ७० प्रतिशत पानी चाहिन्छ । पानीले रक्तसंचार व्यवस्थित गर्न सहयोग गर्दछ ।यदि तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ। यसको मतलब यो होइन कि, तिर्खा लाग्नासाथ १ लिटर, २ लिटर पानी खाइहाल्नुपर्छ। धेरै पानी एकैचोटी पिएमा बमिट हुन सक्छ। पेट फुले जस्तो हुन्छ शरीरलाई असहज हुन्छ।
पानीले रगत बग्ने नशाहरुलाई पनी स्वच्छ राख्छ । खाना पचाउनदेखि खानाबाट शरीरमा उर्जा उत्पादन गर्न पनि पानी चाहिन्छ । शरीरमा हुने रसायनिक प्रतिकृयाका लागि पनी पानी नभई हुँदैन् ।
पानीले शरीरमा रहेका हानिकारक तत्व बाहिर फाल्ने काम गर्छ । पानीले हाम्रो शरीरको तापक्रम स्थिर राख्न मद्दत गर्दछ । मानिसको रगतमा ९०, मतिष्कमा ८५, मिर्गौलामा ८२, मांसपेशीमा ७५, कलेजोमा ६९ र हड्डीमा २२ प्रतिशत पानी हुन्छ ।
कस्ता व्यक्तिले पानी बढी खाने
किड्नीको बिरामीले भने पानीको मात्रा बढाउनुपर्छ। किड्नीको बिरामीले एक दिनमा कति पिसाब फेर्छ त्यो भन्दा पाँच सय एमएल बढी पानी पिउनुपर्छ। यस्ता बिरामीले डाक्टरको सल्लाहमा पानीको मात्रा मिलाउनुपर्छ।
मधुमेहका बिरामीले पनि पानी धेरै खानुपर्ने भएकोले डाक्टरको सल्लाह बमोजिम पानी खानुपर्छ। मधुमेहको मात्रा अनुसार पानीको मात्रा घटाउने बढाउने गर्नुपर्छ। पखाला लागेको बेलामा पानी यती नै मात्रामा खाने भन्ने हुँदैन। शरीरले आवश्यक ठाने जति पानी पिउनुपर्छ। स्वच्छ पानीले नै हो पखाला निको पार्ने। पखाला लागेको मान्छेको शरीरमा पानीको अभाव भएको कारण नै मृत्यु हुन्छ।
पानी कति बेला पिउने ?
एक पटकमा कति पानी पिउने र कति कति बेला पिउने भन्ने जिज्ञासा पनि लाग्नसक्छ। एक पटकमा एक गिलास पानी पिउनु राम्रो हुन्छ। बढी पिएमा दुई गिलाससम्म पिउन सकिन्छ।
सामान्यत सबैले बिहान उठ्नासाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। ग्याष्ट्रिकको समस्या हुनेले अनिवार्य जस्तै हो। राति पानी पिउँदा केही बिग्रिदैन। तर, पिसाबको समस्या हुनेले नपिएको राम्रो हो।
खाना खाने समयमा पानी नखाएकोनै राम्रो हो। शरीरको तौल घटाउन चाहनेहरुले भने खाना खानुभन्दा आधा घण्टा अगाडि एक दुई गिलास पानी पिउँदा राम्रो हुन्छ। पानी खाएर खाना खाने हो भने खाना थोरै रूच्छ।
पानी कुन समयमा खाने भन्ने केही छैन। तिर्खा लागेको समयमा पिउन सकिन्छ। एकैचोटी धेरै पानी पिउन भने हुँदैन। पानी कति पिउने भन्ने कुरा आफू बसेको ठाउँको हावापानीले पनि फरक पार्छ। काठमाडौंमा बस्नेहरुले दिनमा डेढदेखि दुई लिटरसम्म पानी पिए पनि हुन्छ। धेरै गर्मी छ भने पानीको मात्रा बढाउनुपर्छ।
पानीको मात्रा बढी भयो भने मष्तिष्कको लागि पनि राम्रो हुन्छ।
पानीको अभाब भयो भने मान्छे थकित हुने काम गर्न जाँगर नहुने हुन्छ। रक्सी खानुभन्दा पहिला कम्तिमा आधा लिटर पानी खायो भने त्यसको असर कम हुन्छ।
पानीको कारण टाउको दुःखेको कम हुन्छ। पाचन प्रक्रियामा समेत पानीले सहयोग गर्छ। कब्जीयत हुन नदिने, शरीरको तौल घटाउनका लागि पानी अति उपयोगी हुन्छ।
पानी धेरै खाएमा किड्नीले फिल्टर गर्न समस्या आउन सक्छ।
एउटा मान्छेले बढीमा ६ लिटरसम्म पानी पिउँदा शरीरलाई हानी गर्देन। तर, पानी सफा हुनुपर्छ।
पानी तातो चिसो भएर केही फरक पर्देन तर पानी सफा भने हुनुपर्छ। एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी पिउनु हुँदैन। पानीमा आइस हालेर पिउनु राम्रो मानिदैन।
खुट्टा सुनिने समस्या भएकाले, दम, मुटुका रोगीले भने धेरै पानी पिउँनु हुँदैन। यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ।