• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

स्ववियु निर्वाचनअघि रत्नराज्य लक्ष्मी क्याम्पसमा ‘स्वतन्त्र विद्यार्थी सञ्जाल’ दर्ता

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अघि रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी सञ्जाल दर्ता गरिएको छ ।

लामो समयपछि हुन लागेको स्ववियु चुनाव लोकतन्त्रमा विश्वास राख्नेहरु सबैको लागि खुशीको विषय उल्लेख गर्दै विद्यार्थी आन्दोलनको चुनौतीको सफल सामना गर्ने जिम्मेवारीसहित उक्त सञ्जाल दर्ता गरिएको संयोजक संगम लम्सालले बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको राजनीति आजसम्म स्वतन्त्र विद्यार्थीको हातमा आउन नसकेको सञ्जालले बताएको छ ।

सञ्जालले शुक्रबार एक विज्ञप्ति निकालेर भनेको छ ‘हामी विश्व विद्यालयलाई सु–संस्कृत, सैद्धान्तिक र परिवर्तनगामी अभ्यासको थलो बनाउनुपर्छ भन्ने मान्यता राख्छौँ । यद्यपी, विश्वविद्यालय आउनुभन्दा पहिले नै अमुक विचारधाराको पूर्वाग्रह बोकेर निहीत पार्टीगत स्वार्थको अखडा बनाउने कुराको सख्त विरोध गर्दछौँ ।’