• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, हेर्नुहोस परीक्षा तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।