• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अस्पताल बनाउन अर्बपति सांसद विनोद चौधरीले मागे सरकारसँग ५० करोड

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अस्पताल निर्माणका लागि सरकारसँग ५० करोड रुपैयाँ माग गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५० कराड रुपैयाँ उपलब्ध गराउन भन्दै अर्बपति चौधरीले पत्र पठाएका छन् ।

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र निवलपरासी पूर्वको चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निमार्णका बजेट मागेका हुन् ।

आगामी वार्षिक कार्यक्रम तथा बजेटमा बहुवर्षिय वा क्रमागत कार्यक्रमको रुपमा समावेश गर्न पत्रमा उल्लेख छ ।

अस्पतालको स्वामित्व भने बर्दघाट नगरपालिकाको रहने र चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल स्थापना र विकास गर्ने पत्रमा उल्लेख छ ।

उनले अस्पतालको अनुमानित लागत ५० करोड (तत्काल पहिचान र परियोजनाको पूर्वाधार तथा कार्यक्रम) का लागि मागेका छन् ।

अस्पताल निर्माणको काम तीन वर्षभित्र सकिने पत्रमा उल्लेख गरिएको छ ।