काठमाडौं । नेपाली हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को कार्यक्रम अस्ट्रेलियामा पनि हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुन लागेको हो । नेपालमा पहिलो पटक सुरु गरियको ‘नेपहपको श्रीपेच’ र्याप म्युजिक रियालिटी शो हो ।
शोका विजेता र निर्णायक समेत सहभागी कार्यक्रममा होस्ट र डिजेको समेत आकर्षक प्रस्तुति रहनेछ । कार्यक्रममा शोका पहिलो सिजनका विजेता भाइवर साइमनले फस्टरनरअप जेनिस क्षेत्रीसँगै कलाकारको नेतृत्व गर्नेछन् ।
मे १२ मा सिड्नी, १७ मेमा पर्थ र १९ मे २०२३ मा ब्रिसबेनमा आयोजना हुने कार्यक्रममा मुख्य निर्णायक मानस घले रहनेछन् । घले नेपालका चर्चित र्यापर हुन् ।
अस्ट्रेलिया कार्यक्रमको आयोजना अस्ट्रेलिया नेपाली सांस्कृतिक कार्यक्रमको प्रमुख प्रवर्द्धक हाइपेक्स इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट रहेको छ