• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एकैदिन प्रतिताेला १ हजार ६ सयले बढ्यो सुनकाे मूल्य

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँ पुगेको छ ।

याे अघिल्लो दिनको तुलनामा  १  हजार ६ सय रूपैयाँले बढी हो । सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । सोमबार प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।