चलचित्र ‘नीरफूल’ जेठ १९ देखि प्रदर्शनमा आउने

काठमाडौं । कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आगामी जेठ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै महामारीका कारण हल बन्द गरेपछि रिलिज रोकिएको थियो ।

भूकम्पले बिछोडिएका एक परिवारका सदस्यहरुले पुनर्मिलनको लागि गरेको प्रयत्नमा आधारित फिल्मलाई फूलमान बलले निर्देशन गरेका हुन् । धादिङको दुर्गम रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिग्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१