फिल्म ‘नाईं न भन्नू ल ६’ को गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । विकाशराज आर्चाय द्वारा निर्देशित फिल्म ‘नाईं न भन्नू ल ६’ को गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘दिउँला माया’ बोलको गीत सार्वजनिक गरिएको हो । शरद शंकर र बेनिशा पौडेलको स्वर रहेको गीतमा नव -अभिनेता आशिर्वाद क्षेत्री र आँचल शर्मालाई देख्न सकिन्छ ।

निर्देशक आचार्यको शब्द रहेको गीतमा शरद शंकरले संगीत भरेका छन् ।

फिल्ममा आँचल र आशिर्वादसँगै केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल र अथर्व उप्रेतीलगायतको अभिनय छ ।

यो फिल्म आगामी वैशाख १ गतेदेखि प्रदर्शनमा आउनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१