• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

काठमाडौं । पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्।

बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पड्किएको हो। ५२ वर्षीया पम्फा घिमिरे घाइते भएको स्थानीय पत्रकार दयाराज न्यौपानेले बताए।

घाइतेको अवस्था सामान्य छ। न्यौपानेका अनुसार घाइतेको हात र मुखमा सामान्य चोट लागेको छ। घरमा भने क्षति पुगेको छ।

स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ। खाना पकाउने क्रममा एक्कासी ग्यास पड्किएको हो।