• २०८३ असार २४
  • 2026 July 08, Wednesday

ठमेलमा नक्सा पास नगरी निर्माण गरेका घर टहरा हटाउन १५ दिनको अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगपालिको ठमेल क्षेत्रमा नक्सा पास नगरी निर्माण गरेका घर टहरा खाली गर्न १५ दिने सूचना जारी गरेको छ । बुधवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबरजस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको उल्लेख गर्दै १५ दिनभित्र महानगर पालिकोको वडा नम्बर २६ को कार्यालयमा उपस्थित हुन भनिएको छ ।

सूचनामा भनिएको छ–‘यस वडा अन्तर्गत गोङ्गबु स्थित गल्फ रियल स्टेट प्राविको नाममा दर्ता कायम रहेको कि।नं। २२७, ७७, २९०, २९२, २९४, २२४, २२६, २९५ र ७९ मा नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबरजस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको तथा नेपालको संविधान प्रदत्त सम्पत्ति सम्बन्धी हक उपभोग गर्नबाट जग्गा धनी वञ्चित हुन पुगेकोले काठमाडौँ महानगर पालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम निम्न व्यवसायीहरूलाई यस कामपा २६ वडा कार्यालयमा १५ दिन भित्र उपस्थित हुन अनुरोध गरिन्छ ।’

महानगरपालिकाले नक्सा पास नभएका घर टहरामा व्यवसाय सञ्चालन गर्ने २६ जना व्यक्ति तथा संस्थाको नाम समेत सार्वजनिक गरेको छ ।