पोखरा-जोमसोम रुटमा उडान गर्ने समिट एयरका दुई पाइलट निलम्बित

नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ ।

प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो ।

प्राधिकरण स्रोतकाअनुसार अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको छ ।

भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ । अगाडिको दृश्य देखिँदैन । त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटना भएको समयभन्दा केही सेकेन्ड अगाडि यही रुटमा उडान गरेको समिट एयरका पाइलट र को-पाइलट कारबाहीमा परेको प्राधिकरणले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१