आज चार सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१