
काठमाडौं । निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा बन्न लागेको चलचित्र ‘जय हो’को प्रदर्शन भदौ ८ गते हुने भएको छ । अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेत मुख्य भूमिका मा रह्रेको उक्त फिल्मलाई कमेडी, एक्सन र लभस्टोरी जानरामा निर्माण गरिने भएको छ ।
उक्त फिल्म आइतबारदेखि छायांकन सुरु हुँदैछ । अधिकांश छायांकन भने मुस्ताङ र बाँकी पोखरामा गर्ने जानकारी निर्माता बस्नेतले दिए । टेक पौरखी राईको निर्देशन रहने फिल्ममा निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी लगायतको समेत अभिनय हुनेछ ।
द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले दुखी छन् ।
सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।