• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

बागलुङमा पिकअप गाडी दुर्घटना

काठमाडौं । बागलुङमा सवारी दुर्घटना भएको छ । बागलुङ नगरपालिका वडा न‌‌. ११ रायडाँडाको तिलाहरमा ब्रेक फेलका कारण गाडी दुर्घटना भएको हो ।

आइतबार बिहान करिब ७ बजे ध १ ज ७५५ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो ।

पिकअफ भ्यान करिब २ सय मिटर तल खसेको छ ।

गाडीमा चालक मात्रै रहेका थिए । चालक हाम फालेर दुर्घटनाबाट जोगिएका छन् ।