
काठमाडौं । बागलुङमा सवारी दुर्घटना भएको छ । बागलुङ नगरपालिका वडा न. ११ रायडाँडाको तिलाहरमा ब्रेक फेलका कारण गाडी दुर्घटना भएको हो ।
आइतबार बिहान करिब ७ बजे ध १ ज ७५५ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो ।
पिकअफ भ्यान करिब २ सय मिटर तल खसेको छ ।
गाडीमा चालक मात्रै रहेका थिए । चालक हाम फालेर दुर्घटनाबाट जोगिएका छन् ।