आज पनि हल्का वर्षाको सम्भावना

काठमाडौं । आज पनि मेघगर्जनसहित केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । देशैभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहान बागमती, मधेस, कोशी प्रदेशका केही भू-भागमा मेघगर्जनसहित हल्का वर्षा भएको छ ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही ठाउँमा र तराईका भू-भागका केही ठाउमा हल्का वर्षा हुने सम्भावना छ ।
केही दिनदेखि हावाहुरी र हल्का वर्षा भइरहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७