• २०८३ असार १३
  • 2026 June 27, Saturday

बौद्धमा सिएमएस फिजियोथेरापी सेन्टर सञ्चालनमा

काठमाडौं । बौद्धमा ‘सिएमएस फिजिथेरापी सेन्टर’ को सञ्चालनमा ल्याएको छ । विशेष गरी स्पोर्टस इन्जुरीलाई आर्कषण गर्ने उदेश्यका साथ शनिबार सेन्टरको उद्दघाटन गरी सञ्चालनमा ल्याएको हो ।

सेन्टरको उद्दघाटन चर्चित खेलाडी राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) ले गरेका थिए । कार्यक्रममा राष्ट्रिय महिला भलिबल टिम कप्तान अरुण शाही, सदस्य पुनम चन्द, कामना विष्टको उपस्थिती रहेको थियो ।

सेन्टरमा नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार सम्बन्धीे समस्या वा क्षतिलाई व्यायाम तथा आधुनिक विद्युतीय उपकरणबाट उपचार गरिने फिजियोथेरापिष्ट विकास श्रेष्ठले बताएका छन् ।

सेन्टरले उद्दघाटनको अवसरमा सात दिन विशेष छुट दिने छ । थेरापीले उपचारपछि नकारात्मक असर (साइड इफेक्ट) नहुने, बिरामीको शारीरिक क्षमतामा वृद्धि हुने, दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्ने, स्वास्थ्य व्यक्तिलाई शारीरिक समस्या आउन नदिन लगायतको फाइदा हुने श्रेष्ठले बताए ।