चलचित्र कलाकार संघ अध्यक्षमा मोहन निरौला निर्वाचित

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

उनले अध्यक्ष पदका लागि अर्का उम्मेदवार रहेकी रेजिना उप्रेतीलाई पराजित गरेका हुन् ।

निर्वाचनमा ४६८ मत खसेको थियो । जसमध्य, निरौलाले २३५ मत ल्याए भने उप्रेतीले २०९ मत ल्याएकी थिइन् । अध्यक्षमा निर्वाचित भएका निरौला यसअघि उपाध्यक्ष, महासचिव र सदस्य भएर काम गरिसकेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि उनले कलाकारका हकहित र पेशागत सुरक्षाका लागि काम गर्ने प्रतिक्रिया दिएका छन् ।

शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र महासचिव सविन श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटवाल र सहकोषाध्यक्ष पवित्रा आचार्य निर्वाचित भएका छन् ।

सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७