जेलबाट फर्किएपछि पल शाहकाे पारिश्रमिक दाेब्बर, एक म्युजिक भिडिओकाे तीन लाख

काठमाडौं । अभिनेता एवं मोडल पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् । एक वर्ष जेल जीवन बिताएर गत महिना फर्किएका उनले म्युजिक भिडिओको लागि पारिश्रमिक दोब्बर बनाएका हुन् ।

यसअघि डेढ लाखसम्म लगानी गरेर उनलाई म्युजिक भिडिओमा अभिनय गराएका लगानीकर्ताले अब तीन लाख रूपैयाँ तिर्नुपर्नेछ ।

पलले अब पहिलेजसरी म्युजिक भिडिओ नखेल्ने मनस्थिति बनाएका छन् ।

पलले यसअघि एकदेखि डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिँदै आएका थिए । संख्यात्मक हिसावले पनि उनका म्युजिक भिडियोहरू एकदमै धेरै आउने गरेका थिए ।

जेल जीवन बिताएर फर्किएसँगै सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका पल छिट्टै म्युजिक भिडिओमार्फत अभिनयमा कमब्याक गर्ने तयारीमा छन् ।

पलले म्युजिक भिडिओपछिमात्र चलचित्रमा काम गर्नेछन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७