गर्भवती भएको हल्ला फैलिएपछि नीताले गराइन् प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । अभिनेत्री नीता ढुंगाना गर्भवती भएको हल्ला फैलिएपछि उनले प्रेस काउन्सिलको ध्यानाकर्षण गराएकी छिन् ।

म्युजिक भिडियोमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला फैलाएपछि यसप्रति नीता असन्तुष्ट भएकी हुन् ।

केही दिनअघि आफू अभिनित म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा नीताले आफूले जन्माएका सिर्जना सन्तानजस्तै लाग्ने अभिव्यक्ति दिएकी थिइन् ।

फिल्म वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई वास्तविक जस्तो बनाएर पेस गर्दा यसले कलाकारको जीवनलाई असर गरेको गुनासो उनको छ ।

यस्तो क्रियाकलापले कलाकारको जीवनमा नकारात्मक प्रभाव परिरहेको नीताको भनाइ छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७