एलिनाले प्रेमीसँगको तस्वीर राख्दै भनिन् – तिम्रो साथले मलाई जीवित राख्छ

काठमाडौं । गायिका एलिना चौहानको पछिल्लो केहि समय यता प्रेमको विषयमा निकै चर्चा चलिरहेको छ । उनी र एक एनआएनए युवकलाई जोडेर धेरैले उनको प्रेमी उ नै हो भनेर अड्कलबाजी गरेका थिए ।

अस्ट्रेलियामा बसोवास गर्दै आएका विष्णु सापकोटासँग उनले टिकटकमा राख्ने भिडियोले उनीहरू प्रेममा रहेको चर्चा चलेको थियो ।

अस्ट्रेलियाको साङ्गीतिक भ्रमण सकेर केही दिनअघि मात्रै फर्किएकी एलिनाले त्यहाँ रहँदा विष्णुसँग लगातार टिकटक भिडियोहरू पोष्ट गर्ने गरेकी थिइन् ।
अब भने एलिना आफ्नो प्रेम जीवन गुपचुप राख्ने मनस्थितिमा नरहेको देखिन्छ ।

उनले इष्टाग्राममा विष्णुसँगको तस्वीर राख्दै प्रेमिल शब्दहरु कोरेकी छिन् । उनले लेखेकी छिन्, –‘तिमीलाई सोचेर मेरा विपनाहरु बित्छन् । तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ । तिमीसँग हुँदा म जिउँदो अनुभव गर्छु ।’ एलिनाको उक्त पोष्टमा धेरैले बधाई दिएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७