‘तु झुठी मैं मक्कार’ ले १० दिनमा १०१ करोड कमायाे

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र श्रद्धा कपूर अभिनीत फिल्म ‘तु झुठी मैं मक्कार’ बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १० दिनमा १०१ करोड ९८ लाख भारू कमाएको छ । उनले ट्विट गर्दै फिल्म सय करोड क्लबमा समावेश भएको जानकारी दिएका हुन् ।

‘तू झुठी मैं मक्कार’ याे वर्ष सय करोड कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ । यसअघि शाहरूख खानको फिल्म पठान ले दुई दिनमा सय करोड कमाएको थियो ।

फिल्ममा एक झुठी प्रेमिका र चलाख प्रेमीको प्रेमद्वन्द्वको कथा देखाइएको छ । उनीहरू एकअर्कालाई जालमा फसाउन संघर्षरत छन् ।

लभ रन्जनले निर्देशन गरेको फिल्ममा रणवीर र श्रद्धासँगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायत कलाकारको अभिनय छ ।

रोमान्टिक कमेडी जनराको फिल्म लभ फिल्म्स ब्यानर र टी-सिरिजको सहकार्यमा बनेको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१