पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुको विराज अर्याल विजयी

काठमाडौं । पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् ।

निर्वाचन समितिले आधिकारिक निर्णय भने सार्वजनिक गरेको छैन । पुल्चोकमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो । जसले गर्दा मत परिणाम चाडै सार्वजनिक भएको हो ।

पुल्चोकमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट छुट्टाछुट्टै प्यानल भएर चुनाव लडेका थिए । त्यस्तै २ जना बागी समेत उठेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७