
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धाेका दिएकाे आराेप लगाएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिएका अध्यक्ष लिङ्देनले एउटा गाडी चलाउँदा चलाउँदै प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भनेको बताए ।
उनलेभ भने, ‘प्रधानमन्त्रीज्युलाई नयाँ गाडी हाक्ने जिम्मेवारी दिएको थियो । गाडी पनि हाइड्रोजन गाडी नै थियो तर, प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भन्नुभयो, हामीले के भन्ने ?’
उनले आफूहरुले धोका दिएको नभएर प्रधानमन्त्रीले नै धोका दिएको बताए ।
‘हामी त तपाईँलाई अघि लगाएर देशको मुहार बदल्न प्रतिबद्ध थियौँ । तर, तपाईँ पुरानै गठबन्धन भनेर फर्कनुभयो । अलिकति भए पनि नैतिकता बाँकी राखौँ भनेर हामी त त्यही दिन सरकारबाट बाहिरिरिएर समर्थन फिर्ता लिएका थियौँ’ लिङ्देनले भने ।
हेर्नुहाेस् भिडिओ :