कैलालीमा ट्याक्टर दुर्घटना: २ को मृत्यु, २६ जना घाइते

काठमाडौं । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा गए राति से १ च ८८७० नम्बरको ट्रलीसहितको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी अन्य २६ घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।

अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ।

कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो।

चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७