‘माईला टेलिसिरियल’ ४३ भागमा प्रवेश

काठमाडौं । समाजमा रहेको समसामयिक विषय वस्तुमा आधारित कथा वस्तु रहेको ‘माईला टेलि सिरियल’ दर्शकको मन जित्दै भाग ४३ मा प्रवेश भएको छ । शुरु देखि नै निरन्तर Gbk Entertainment  बाट प्रशारण हुँदै आएको माईला टेलि सिरियलले समाजमा भएको समासामुहिक घटनालाई गम्भीर तथा हाँस्यव्याग्यत्मक तरिकाले पर्दामा देखाउँदै आएको छ ।

सिरियलका डाइरेक्टर एवंम् प्रोडुसर गणेश बाबु विक “माईला सिरियललाई धेरै मेहनतका साथ धेरै समस्यासँंग लड्दै भाग ४३ सम्म ल्याएको र अरु कलाकारले पनि उतिकै मेनहत गरेको यसै सिरियलका डाइरेक्टर गणेश बाबु विक बताउँछन् ।

‘सिरियल राम्रो हुनलाई टिम नै राम्रो हुनुपर्छ । टिमबिना केही गर्न सकिँदैन’ उनको भनाइ छ । उनले थपे ‘मैले माईला सिरियलबाट थुप्रै कलाकार उत्पादन गरे विगत १० बर्ष देखिको कलाकारिता क्षेत्रमा लामो अनुभव छ । हप्तामा ६ दिन सुटिङको डाइरेक्सनमा विक व्यस्त हुने गर्दछन् । कलाकार बन्नलाई धेरै गाह्रो छ । राम्रो कलाकार बन्नलाई अनुशासन, धैर्यता र लगाव हुनै पर्छ । यी तीन कुराले कलाकारलाई सफल बनाउँछ ।’

‘माईला सिरियललाई अझै राम्रो गर्दै जाने, नयाँ कलाकारलाई प्रोत्साहनको साथ भविष्यको बाटो देखाइदिने । माईला सिरियलका कलाकारले धेरै मेनहत गरेका छन् । कलाकारलाई अरु केही गर्न नसकेपनि पचासौ भागमा माईला सिरियलका कलकारलाई सम्मान सहित प्रमाण पत्रको व्यवस्था गर्ने छौं ।’ सिरियलका निर्देशक गणेश बाबु विक बताउँछन् ।

उक्त सिरियलमा नयाँ तथा पुराना कलाकारको अभिनय सशक्त रुपमा देख्न पाईन्छ । समग्रमा हेर्दा यो सिरियलमा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेहेनती निर्देशन तथा सम्पादनको भूमिका देख्न पाईन्छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७