एसिड पीडित आरती साहको मुद्दामा जिल्ला अदालतकै फैसला सदर

काठमाडौं । जनकपुरमा एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालतले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ । बुधबार उच्च अदालत जनकपुरधामका न्यायाधीश डालकुमार खड्का र सागर विष्टको संयुक्त इजलासले फैसला सदर गरेको हो ।

जिल्ला अदालत धनुषाले ०७८ भदौ १० गते अन्तिम सुनवाइ गर्दै फैसला सुनाएको थियो । आरतीका श्रीमान् सञ्जीव साहलाई साढे १० वर्ष कैद र ६ लाख जरिवाना गर्ने फैसला सुनाएको थियो भने एसिड बिक्री गर्ने व्यवसायी नागेन्द्र साहलाई सफाइ दिएको थियो । सो फैसलाबाट चित्त नबुझेको भन्दै आरतीका भाइ सञ्जय साहले ०७८ फागुन १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

आरती र उनकी छोरी रियालाई श्रीमान सञ्जीवले ०७७ कात्तिक २७ मा एसिड छ्यापेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो । यो पटक पनि सरकारी वकिल कार्यालयले सोही अनुसारको क्षतिपूर्ति र सजाय दाबी गरेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७