राष्ट्रपति पौडेलले टिचिङमा स्वास्थ्य परीक्षण गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।

राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा‍‍. दिनेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो ।

त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१