हेलिकप्टरका तीनजना पाइलट निलम्बनमा

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन विभिन्न कम्पनीका हेलिकप्टरका तीन जना पाइलटलाई निलम्बन गरेको छ ।

पाइलटहरूले उडान नियम उल्लंघन गरेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका उनीहरूलाई निलम्बन गरिएको हो ।

‘उडान सुरक्षासम्बन्धी नियमहरू उल्लंघन गरेका तीन हेलिकप्टर कम्पनीका तीन जना क्याप्टेनहरूलाई अर्को सूचना जारी नहुन्जेल ड्युटीबाट निलम्बन गरिएको छ,’ प्राधिकरणले भनेको छ ।

प्राधिकरणका अनुसार एक पाइलटले काठमाडौं-लुक्ला उडानका क्रममा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) सँग अश्लिल शब्द बोलेका थिए । त्यसैले उनलाई निलम्बन गरिएको हो ।

त्यस्तै, अरू दुई कम्पनीका दुई पाइलटहरूले उडान सुरक्षा मापदण्ड उल्लंघन गरेका हुन् ।

तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन नपाउने प्राधिकरणले जनाएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७