
काठमाडौं । पछिल्लो समय ‘धोकेबाज’ गीतबाट चर्चित गायिका एलिना चौहान र गायक हेमन्त शर्माको युगल गायन रहेको गीत ‘मायाले नै हो रैछ’ शुक्रबार देखि सार्वजनिक भएको छ ।
गायक शर्माले गीतमार्फत सुन्दर सुदूरपश्चिमको थोरै सुगन्ध आफ्ना स्रोतामा बाँड्न खोजेको बताएका छन् ।
‘मायाले नै हो रैछ’ बोलको सार्वजनिक गीत हरि उप्रेतीले लेखेका हुन् । तृप्ती खड्काले संगीत गरेको गीतमा गायक हेमन्त शर्माको हुकलाइन छ ।
समारिका ढकाल र विजय पुनको अभिनय गीतको भिडिओमा देख्न सकिन्छ । रुपेश थापाको छायाङ्कन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडिओका सम्पादन विकास धमलाले गरेका छन् ।
हेर्नुहाेस् भिडिओ :