बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुर । बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार भारतीय जंगलमा घाँस काट्न गएकी पुनरवास नगरपालिका–१० की ३२ वर्षीया कलसा सार्की जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चार जना साथीसँग भारतको दुधुवा नेशनल पार्कको जंगलमा घाँस काट्न गएकी कलसा नफर्केपछि स्थानीयहरुले खोजतलास गरेका थिए । सोही क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको अवस्थामा फेला पारिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको र नेपाल प्रहरी पनि समन्वयका लागि घटनास्थलमा पुगेको बताइएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१