फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन, बेलायती राजाकाे भ्रमण स्थगित

काठमाडाैं । राष्ट्रपति इम्यानुल म्याक्रोले अघि सारेकाे निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ ।

अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिए ।

राष्ट्रपतिले म्याक्रोले अघि सारेकाे सेवानिवृत्तिको उमेरप्रति फ्रान्सेली क्रुद्ध भएका छन् । उनले ‘रिटायर’ हुने विद्यमान ६२ वर्षको उमेर हदलाई बढाएर ६४ पुर्‍याउने विधेयक प्रस्ताव गरेका छन् ।

भारी मतले सदनले अनुमोदन गरेको उक्त विधेयक संसदीय समितिमा विचाराधीन छ । उक्त समितिले अन्तिम मस्यौदा तयार गरेर पुनः सदनमा प्रस्तुत हुनेछ ।

यसैबीच, बिहीबारको राष्ट्रव्यापी विरोधप्रदर्शनका क्रममा चार सय ५७ जना पक्राउ परेका तथा चार ४१ जना घाइते भएका गृहमन्त्री गेराल्ड डर्मानिनले बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानी पेरिसमा ठूलो प्रदर्शन भएको तथा धेरै स्थानमा टायर बालेर विरोध गरिएको समाचार प्रकाशित छन् ।

जारी अशान्तिका कारण बेलायतका राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ ।

शाही अधिकारीहरूले चार्ल्स र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतिक्षामा रहेको’ बताएका छन् ।

बेलायतका राजा चार्ल्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको यसअघि बिहीबार बेलायत सरकारले जनाएको थियो ।

त्यस्तै, फ्रान्सका कुटनीतिक अधिकारीहरूले म्याक्राे विरोधी प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भइरहेका बेला यो भ्रमण पछि सार्नुपर्ने बताएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१