• २०८३ जेठ २२
  • 2026 June 05, Friday

कुटपिट गरेको भन्दै दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनले कुटपिट गरेको भन्दै प्रहरीको महाराजगञ्ज वृत्तमा उजुरी परेको हो ।

शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा रिदम क्षेत्रीले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी गरेका हुन् ।

‘दुर्गेशसहित तीन जनाले मलाई एक्कासि हातपात गरे । मेरो सिक्रीसमेत हराएको छ । सिक्री रकमसहित भराइपाउँ भनेर मैले उजुरी दिएको हो,’ क्षेत्रीले भने ।

वृत्तका डीएसपी अंगुर जीसीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको बताए । कलाकार दुर्गेश थापा विवादमा पर्दै आएका कलाकार हुन् ।