• २०८३ असार २०
  • 2026 July 04, Saturday

नेपाल प्रहरीका ४ जना डिआइजी एआइजीमा बढुवा सिफारिस

काठमाडाैं । नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस भएको छ।

बढुवा समिति सचिवालयले आइतबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिवसमेत रहेका आइजिपी बसन्त कुँवरले सन्दीप भण्डारी, दोस्रोमा सुदीप गिरी, तेस्रोमा मिरा चौधरी र चौथोमा टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरेका हुन्।

आइजिपी धिरजप्रताप सिंहसँगै एआइजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएसँगै रिक्त रहेका एआइजीका पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो ।