• २०८३ जेठ २२
  • 2026 June 05, Friday

मुस्ताङमा चलचित्र ‘दुई कदम’को छायांकन सुरु

काठमाडौं। उदय सुब्बाको निर्देशनमा निर्माण भईरहेको सिनेमा ‘दुई कदम’को छायांकन यतिवेला धमाधम मुस्ताङमा भईरहेको छ । चैत्र १६ गतेबाट छायांकन सुरु भएको सिनेमाको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि सुटिङ्ग गरिनेछ ।

दयाराम घिमिरेको कथा रहेको लभस्टोरी सिनेमालाई तारा देवी लिम्बुले निर्माण गरिरहेकी छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भैरहको सिनेमामा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी) कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।

विक्रम डिसीको छायांकन रहने सिनेमामा तारा प्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्धन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ । निर्माण टिमले सिनेमाको प्रदर्शन लक्ष्य भदौ महिनालाई बनाएर छायांकन गरिरहेको छ ।