• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सलमान खानलाई आयो ३० अप्रिलमा मार्ने धम्की, सुरक्षा थप बढाइयो

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ।

भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार उनलाई रकी भाइले ३० अप्रिल (वैशाख १७ गते) मार्ने धम्की दिएका हुन्। रकी भाइ जोधपुरमा बस्छन्।

उक्त धम्कीपछि सलमान खानको सुरक्षा बढाइएको छ। मुम्बई पुलिसले आफ्नो जाँच सुरू गरिसकेका छन्।

सलमानलाई धम्की आएको एएनआईले ट्वीटरमार्फत जानकारी दिएको छ।

फोन पुलिस कन्ट्रोल रूममा आएको थियो। उसले आफूलाई जोधपुरको रकी भाइ बताएका छन्। उनले ३० अप्रिलमा सलमान खानलाई मार्ने धम्की दिएका छन्। यस मामलामा पुलिसले छानबिन प्रक्रिया अगाडि बढाएको छ, एक प्रहरीको बयान उद्धृत गर्दै एएनआईले लेखेको छ।

लोरेन्स बिश्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आएपछि केही दिनअघि सलमान खानले बुलेटप्रुफ कार किनेका थिए। उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन्।

उक्त कार भारतमा लन्च भएको छैन। भारतमा यस कारको मूल्य ८० लाखदेखि १ करोडसम्म हुने अनुमान छ।

सलमानलाई बुलेटप्रुफ कार किन्ने सल्लाह सुरक्षा व्यवस्थापन टिमले दिएका हुन्।