दार्चुलाको भिरमा अड्किएको अवस्थामा किशोर र किशोरीको शव

काठमाडौं । दार्चुलामा भिरमा अड्किएको अवस्थामा किशोर र किशोरीको शव भेटिएको छ । नौगाड गाउँपालिका–५ बासिडाँडाको भिरमा बिहीबार दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले नौगाड गाउँपालिका–४ बस्ने अन्दाजी १७ वर्षीया सञ्जिला धामी र लोकेन्द्र ठगुन्ना भिरमा मृत अवस्थामा भेटिएको बताए । ‘उहाँहरु दुई जनाको शव भिरमा अड्किएको अवस्थामा भेटिएको छ । हामीले बिहीबारदेखि नै निकाल्ने प्रयास गरिरहेका छौँ,’ डीएसपी पाण्डेले भने ।

डीएसपी पाण्डेकाअनुसार उनीहरु नौगाड गाउँपालिका–५ मा बिसु पर्वको अवसरमा लाग्ने मेला हेर्न घरबाट २९ चैतमा निस्किएको बुझिएको छ । उनीहरुले प्रयोग गर्ने मोबाइल घटनास्थल नजिकै भेटिएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७